बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था

212
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था गरेको छ । एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो । बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी ‘क’ वर्गका वाणिज्य बैंकको चुक्ता पूँजी आठ अर्ब रुपैया हुनुपर्ने उल्लेख गरेको छ । यस्तै ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदेशस्तरमा नै कार्यालय सञ्चालनका लागि नयाँ व्यवस्था गरेको छ । त्यसमा ‘ख’ वर्गका बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैया हुनुपर्नेमा प्रदेशस्तरमा कार्यालय सञ्चालन तथा सेवाका लागि एक अर्ब २० करोड रुपैयाको चुक्ता पूँजी भए पनि हुने व्यवस्था गरेको छ । यस्तै ‘ग’ वर्गका बैंकलाई राष्ट्रियस्तरमा ८० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था भए पनि प्रदेशस्तरमा जाँदा ५० करोड रुपैया मात्रै त्यस्तो पूँजी भए हुने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको स्वीकृति लिई ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले एक प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । प्रादेशिकस्तरका लागि तोकिएको चुक्ता पूँजी पूरा गरेका वित्तीय संस्थाले एकभन्दा बढी प्रदेशमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण नगरेसम्म आफ्नो प्रदेशका बाँकी जिल्लामा कार्यक्षेत्र विस्तार गर्न पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here