इजिप्टको विश्व चर्चित पर्यटकिय गन्तव्य गिजाको पिरामिड नजिकै भएको बम विष्फोटमा परी चार जनाको मृत्यु

241
इजिप्ट पर्यटक आक्रमण

इजिप्टको विश्व चर्चित पर्यटकिय गन्तव्य गिजाको पिरामिड नजिकै भएको बम विष्फोटमा परी चार जनाको मृत्यु भएको छ । सडक छेउको पर्खालमा लुकाइ राखिएको बम विष्फोट हुदाँ तिन जना भियतनामी पर्यटक र एक जना स्थानीय गाइडको मृत्यु भएको हो । घटनामा अन्य १२ जना घाइते भएका छन् । भियतनामबाट आएका पर्यटकहरु चढेको बस विष्फोटमा परेकोले घाइतेहुनेहरु पनि सबै भियतनामकै भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here