बंगलादेशमा आमनिर्वाचनको पुर्व सन्ध्यामा हिंसात्मक गतिविधी

91
बंगलादेश निर्बाचन हिंसा

बङ्गलादेशमा भोली हुन गइरहेको आमनिर्वाचनको पुर्व संन्ध्यामा देशका विभिन्न स्थानमा हिंसात्मक गितिविधी भएका छन् । चुनावी प्रचार प्रसारका क्रममा विपक्षीहरुलाई लक्षित गरी भएका हिंसाले निर्वाचन विथोलिन सक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । राष्ट्रसङ्घले निर्वाचनको अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा हुनसक्ने आशङ्का व्यक्त गरेको हो । निर्वाचनको मौन अवधी सुरु भए पनि सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै आन्दोलन जारी राखेका छन्।

सरकारले एक सय भन्दा बढी मानवअधिकारवादीलाई पनि आन्दोलनमा सघाएको आरोपमा पक्राउ गरेको स्थानीय समाचार माध्यमहरुले जनाएका छन् । आन्दोलन र हिंसाका घटना बढेपछी राष्ट्रसंघले चासो व्यक्त गरेको हो । यसैगरी बंगलादेशका लागि अमेरिकी राजदुतले पनि त्यहाँका प्रमुख निर्वाचन आयुक्त संग भेट गरी स्वतन्त्र निर्वाचन बारे चासो व्यक्त गर्नुभएको छ । भोली हुने निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेख हसिना चोथौ कार्यकालको लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तर जेलमा रहनु भएका विपक्षी नेत्री तथा पुर्व प्रधानमन्त्री बेगम खालिदा जियाले निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here