रुसको मध्य भागमा रहेको एउटा आवास क्षेत्रमा ग्याँस पाइपलाइन विस्फोट

133
रुस विस्फोट मृत्यु

रुसको मध्य भागमा रहेको एक शहरमा भएको ग्याँस पाइपलाइन विस्फोटको घटनामा कम्तिमा ७ जनाको मृत्यु भएको छ । विस्फोटका कारण शहरको एउटा आवास क्षेत्रमा रहेका घरहरु भत्किदा त्यँहा रहेका ४० भन्दा बढी व्यक्तिहरु हराइरहेका छन् । युराल प्रान्तको म्याग्निटोग्रोस शहरमा ग्याँस चुहावट भएर सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । भत्किएको आवास क्षेत्रमा रहेका ४८ वटा भवनमा १ सय २० जना मानिसहरु बसिरहेका थिए । प्रत्यक्षदर्शीहरुले अकस्मात ठूलो आवाजमा विष्फोट भएको र घरहरु भत्किएको देखेको बताएका छन् । दिउँसोको तापक्रम समेत माइनस १७ डिग्रि रहेको सो क्षेत्रमा अत्यन्त चिसोका कारण घाइतेहरुको उद्दारमा समेत कठिनाइ भइरहेको अधिकारीले जनाएका छन् । यसैबिच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटना भएको क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here