चीनद्वारा चन्द्रमाको उत्तरी ध्रुवमा एउटा मानवरहित रोवोटिक यान सफलतापुर्वक अवतरण

70
चीन यान अवतरण

चीनले चन्द्रमाको उत्तरी ध्रुवमा एउटा मानवरहित रोवोटिक यान सफलतापुर्वक अवतरण गराएको छ । चन्द्रमामा यसअघि मानवरहित अथवा मानवसहितको यान पृथ्वीबाट देखिने भागमा अवतरण भएको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ । तर चीनको यो रोवटिक यान पहिलो पटक पृथ्विबाट नदेखिने चन्द्रमाको अध्याँरो भागमा अवतरण भएको प्राप्त समाचारमा उल्लेख छ । चेन्च इ- फोर नाम दिइएको यो रोवटिक यान चन्द्रमाको उत्तरी ध्रुव स्थित २५ सय किलोमिटर अर्धब्यास र १२ किलोमिटर गहराइको खाल्डोमा अवतरण भएको छ । चेन्च इ- फोर रोवटिक यानले उल्का पिण्डको टक्करबाट निर्माण भएको यस खाल्डोको भौगर्भिक अन्वेषणका साथै केही जैविक प्रयोग सम्बन्धी अनुसन्धान पनि गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here