कैलाली टीकापुर घटनाका मूख्य अभियुक्तको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीद्वारा सांसद पदको शपथ ग्रहण

157
भक्तपुर रेशम शपथ

कैलालीको टीकापुरमा भएको घटनामा हत्याको आरोपी रहि पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका लागि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य रेशमलाल चौधरीले सांसद पदको शपथग्रहण गर्नुभएको छ । 
सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभयो । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले चौधरीलाई संसद्को प्रतीकचिह्न उपलब्ध गराउनुभयो । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले सरकारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताउनुभयो । चौधरी गत २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाका तर्फबाट कैलाली क्षेत्र नं १ बाट प्रत्यक्ष प्रणालीतर्फ सङ्घीय सांसद पदमा निर्वाचित हुनुभएको थियो । निर्वाचनअघि २०७२ सालमा कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा ७ जना प्रहरीको मृत्यु भएको घटनाको आरोप लागेका कारण उहाँले निर्वाचित भए लगत्तै शपथ ग्रहण गर्न पाउनु भएको थिएन । हाल पुर्पक्षका लागि कारागारमा थुनामा रहनु भएका चौधरीलाई सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पुर्याकई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here