मन्त्रिपरिषदद्वारा उखुको न्युनतम खरिद मूल्य ५ सय ३६ रुपैयाँ निर्धारण

83
उखु किसानका समस्या

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उखु किसानका समस्या, तराई मधेशमा बढ्दै गएको चिसो र शितलहर पीडीतलाई राहत, बिभिन्न सडक निर्माण अलपत्र परेको लागयतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 
बैठकमा शून्य र विशेष समयमा बोल्ने सांसदहरुले चिसोको कारण मधेशका जनताको जनजीवन प्रभावित भएको हुँदा उनीहरूलाई न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्ने वताउनुभयो । बैठकमा कतिपय सांसदले उखुको समर्थन मुल्य नतोकिदा र उखुमिल सञ्चालन नहुदा उखुकिसान पीडीत बनेको भन्दै तत्काल उखुको मुल्य तोक्न र उखुमिल सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गर्नु भयो। त्यसैगरी सांसदहरुले गहुँ किसानहरुलाइ समयमै मल, विउ उपलब्ध गराउन माग गर्नु भयो । सडक निर्माणमा आएको बजेटबाट आर्थिक वर्षको आधाभन्दा बढी समय सकिन लाग्दासम्म सडक निर्माणको काम शुरु नभएको प्रति सरकारको ध्यानाकर्षण गराउनुका साथै समयमा पुल तथा सडक निर्माणको काम सम्पन्न नगर्ने ठेकेदारहरुलाइ कालो सुचिमा राखी कारवाहि गर्न सांसदहरूले माग गर्नु भयो । 
कतिपय सांसदले जनता आवास कार्यक्रम अन्तरगत जनताको घर निर्माण हुन नसकेको अवस्थामा भैँसेपाटीमा मन्त्रीलाई आवासीय भवन बनाउने निर्णयमा आपत्ति जनाउदै जनताको घर बनाएर मात्रै मन्त्री तथा सांसदको आवास बनाउन माग गर्नु भयो ।
सांसदहरुले भूकम्पको पुनःनिर्माणको लागि भन्दै दुरसञ्चारमा लगाइएको १ प्रतिशत करबाट संकलीत दुई अर्ब ५० करोड रूपैयाँ र धरहरा पुनःनिर्माणलगायतका लागि सङ्कलन गरिएको रकमको बारेमा सरकारसँग जानकारी माग गर्नुभयो । आजको बैठकले कानुन न्याय तथा संसदीय मामीला मन्त्रीले पेश गर्नु भएको केहि नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसंमतिले स्विकृत गरेको छ। बैठकमा कृषी तथा पशुपन्छि विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ प्रस्तुत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here