काभ्रे जिल्लामा पहिलो पटक गरिएको व्यवसायिक केरा खेतीमा संलग्न कृषकहरुले आम्दानी लिन सुरु

80
काभ्रे ब्यावसायिक केरा खेती

काभ्रे जिल्लामा पहिलो पटक गरिएको व्यवसायिक केरा खेतीमा संलग्न कृषकहरुले आम्दानी लिन सुरु गरेका छन् । रोशी गाउँपालिकाको वडा नं. ८ रोशी खोला किनारमा लगाइएको व्यवसायिक केरा खेतीबाट कृषकहरुले फल प्राप्त गर्न सुरु गरेका हुन । काभ्रेको तेमाल गाउँपालिका–८ टेकानपुरका जगतमान दोङ र रामचन्द्र तामाङले करिब दश महिना अघी ११ रोपनी जमिनमा मालभोग जातको केराको ब्यावसायिक खेती शुरु गरेका हुन् । मालभोग जातको केरा खानमा मीठो र धेरैदिनसम्म नसड्ने भएकाले बजारमा यसको उच्च माग हुने गरेको छ । रोशी खोला आसपासमा केराखेतीको लागि राम्रो हावापानी भएकाले यस भेगमा केरा उत्पादन राम्रो हुने रोशी गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक खेमराज वाग्ले बताउनुहुन्छ । गाउँमा केरा खेतीलाई ब्यावसायिक रुपमा नै अगाडी बढाउन सकिएमा गतिलो आम्दानी गर्न सकिने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here