पाल्पाको रामपुर नगरपालिका भित्रको बेझाड बजार लालपूर्जाविहीन सहर बन्दै

248
पाल्पाको रामपुर नगरपालिका

पाल्पाको रामपुर नगरपालिका भित्र २०३९ सालदेखि बसोबास गरेका ८५६ घर परिवार अहिले सम्म लालपूर्जा विहिन रहेका छन् । तत्कालिन रामपुर गाउँ पञ्चायत, राम तुल्सी मा वि र दराई ठाटी मा.वि. सञ्चालनका लागि रकम जुटाउन घर घडेरीको प्रयोजनका लागी विक्री गरिएको सार्वजनिक जग्गा किनेर बसोबास गरेकाहरूलाई यो समस्या परेको हो। वर्षौंदेखि नगरकै मुख्य बजारमा घर बनाएर बसोबास गरी व्यापार व्यवसाय गर्दै आएको भएपनि लालपूर्जा नहुँदा आफुहरु बैंक तथा वित्तिय संस्थाबाट आर्थीक कारोबार गर्न समेत नपाउने अवस्थामा रहेको उनीहरूको गुनासो छ । २०४८ साल पछि बनेको सुकुम्बासी समस्या समाधान आयोगले समेत रामपुर नगरको बेझाड बजारको समस्या समाधान गर्न तर्फ पहल नगरिदिएका कारण आफूहरू वर्षौदेखि पूर्जा विहिन बन्नु परेको उनीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here