राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको सेवामा गरिएको शुल्क बृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश

342
दाङ उच्च अदालत आदेश

उच्च अदालत तुलसिपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको सेवामा गरिएको शुल्क बृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधिश नहकुल सुवेदीको इजलासले राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानले गरेको शुल्क बृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रतिष्ठानको नाममा अन्तरिम आदेश जारि गरेको हो । प्रतिष्ठानले जनवरी १ तारिख देखी लागुहुने गरि अस्पतालको शुल्क बृद्धि गरेको थियो । शुल्क बृद्धिको निर्णय संविधान तथा जनस्वास्थ्य कानून विपरित रहेको भन्दै अधिवक्ता सुदिप गौतम, मदन वली र विवेक श्रेष्ठले उच्च अदालत तुलसिपुरमा सो निर्णय खारेजी गर्न अन्तरिम आदेशको माग गर्दै मुद्धा दायर गरेका थिए । उच्च अदालतको आदेशले मुद्धाको अन्तिम निर्णय नहुँदासम्म शुल्क बृद्धिको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here