विश्व चर्चित फुटबल खेलाडी रोनाल्डो कानुनी फन्दामा

203
रोनाल्डो डिएनए परीक्षण

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो माथी लागेको बलात्कार र यौन दुराचारको आरोपमा उनको डिएनए परिक्षण गर्न लस भेगास प्रहरीले आदेश जारी गरेको छ । हाल इटालियन क्लव युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डो माथीको आरोप छानविनमा उनको डिएनए परिक्षण आवश्यक भएको भन्दै लस भेगास प्रहरीले इटालीको अदालतलाई पत्राचार गरेको हो । रोनाल्डो माथी सन् २०१० मा अमेरिकाको लस भेगास शहर स्थित एक होटलमा एब महिलामाथी बलात्कार गरेको आरोप लागेको छ । मायोर्गा नाम गरेकी ती महिलाले आफूमाथी रोनाल्डोले होटलमा जवरजस्ती गरेको र घटना सार्वजनिक नगर्न ३ लाख ७५ हजार डलरमा सहमति भएको जर्मनिको एक पत्रिकाले समाचार प्रकाशित गरेपछी विश्वकै उत्कृष्ट फुटबलको उपाधी समेत जितिसकेका फुटबलर प्रहरीको फन्दामा परेका हुन । तर रोनाल्डोले भने उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै सुरु देखि नै खण्डन गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here