चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्नुहुने

56
चीन उत्तर कोरिया

चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । हालै चीनको भ्रमण सकेर स्वदेश फर्कनु भएका उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रपति सीले प्योङयाङको भ्रमण गर्नुहुने बताउनुभएको हो । चीन भ्रमणका बेला आफूले राष्ट्रपति सी लाई दिएको भ्रमणको निम्ताको प्रतिउत्तरमा उहाँले निकट भविश्यमै उत्तरको भ्रमण गर्ने बचन दिनुभएको नेता उनलाई उदृत गर्दै कोरियाली समाचार संस्थाले जनाएको छ । यद्यपि राष्ट्रपतिको भ्रमण मिति र अन्य योजना सम्वन्धमा भने केही सार्वजनिक गरिएको छैन । उत्तर कोरियाले सुरु गरेको आणविक कार्यक्रम संगै लागेको अन्तराष्ट्रिय प्रतिवन्ध संगै विगत ८ बर्ष देखि चिनियाँ उच्च तहमा उत्तरको भ्रमण भएको छैन । तर आणविक कार्यक्रम बन्द गर्ने नेता उनको प्रतिवद्धता संगै अमेरिका र चीनसंगको सम्वन्ध सुधार हुदै गएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here