देशमा संकटकाल लगाएरै भएपनि मेक्सिकोको सिमानामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको अडान यथावत

143
ट्रम्प मेक्सिको सीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकालको घोषणा गरेरै भएपनि मेक्सिको संगको सिमानामा पर्खाल लगाउने आफ्नो अडान पुन: सार्वजनिक गर्नुभएको छ । गैरकानुनी आप्रवासीहरुको अमेरिका प्रवेश रोक्न अघी सारिएको योजनामा कंग्रेसले समर्थन नगरे संकटकाल लगाएरै पर्खाल निर्माण गर्ने चेतावनी उहाँले दिनुभएको हो । पर्खाल निर्माण गर्ने भनिएको सिमा क्षेत्रको निरिक्षण भ्रमणका क्रममा संवाददाताहरुलाई प्रतिक्रिया दिदै राष्ट्रपति ट्रम्पले आफूलाई संकटकाल लगाउने अधिकार भएको र त्यसको उपयोग गर्ने बताउनुभयो । पर्खाल निर्माणका लागि संसदले बजेट पारित नगरेको झोकमा राष्ट्रपति ट्रम्पले संघिय सरकारको खर्च सम्वन्धी विधेयकमा हस्ताक्षर नगरिदिंदा खर्च अभाव भइ ८ लाख बढी सरकारी कर्मचारीले तलव पाएका छैनन् भने २० दिन देखि सरकारी कामकाज समेत आंशिकरुपमा ठप्प भएको छ । संकटकाल लगाउने राष्ट्रपतिको पटक पटको चेतावनी पछी पनि कंग्रेसमा बजेट पास नहुँदा भने समस्या झन गरहिरिने संकेत देखिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here