पाल्पाको तिनाउ गाँउपालिका मा रहेको प्राकृतिक सुकेताललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको थालनी

63
पाल्पा सुकेताल

पाल्पाको तिनाउ गाँउपालिका वडा नं २ मा रहेको प्राकृतिक सुकेताललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको थालनी भएको छ । लामो समयदेखि प्रचारको अभावमा ओझेलमा परेको सुकेताललाई स्थानीय सरकार आएसंगै प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यको रुपमा विकास थालीएको हो । सुकि अर्थात ढेक पैसाको आकारमा फैलिएको यस ताललाई प्रदेश नंम्बर पाँचको प्रसिद्ध तालको रुपमा विकास गर्ने योजना अघि बढाईएको छ । सुकेताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नका लागी सरकारले पर्यटकहरुलाई आर्कषण हुनेखालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ । तिनाउँ गाउँपालिकाले विकास र समृद्धिको नारा अनुसार निति तथा कार्यक्रम बनाएर तालको आसपासमा रेहेका गाउँमा होमस्टे मार्फत स्थानियको जिवन स्तरमा आमुल परिवर्तन ल्याउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here