भुकम्प गएको ३ बर्ष बढी वितिसक्दा पनि धादिङमा भुकम्पले भत्काएका प्रहरी चौकीहरुको अझै पुन: निर्माण हुन सकेन

46
धादिङ पालमा प्रहरी

भुकम्प गएको ३ बर्ष बढी वितिसक्दा पनि धादिङमा भुकम्पले भत्काएका प्रहरी चौकीहरुको अझै पुन: निर्माण हुन सकेको छैन । भुकम्पले भत्काएका २७ प्रहरी चौकीहरु मध्ये १३ वटाको मात्रै पुन: निर्माण भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाईएको छ । पाल र अस्थायी टहरामा राखिएका चौकीहरु पैंतालीस महिना लाग्दा पनि नबन्दा कार्य सम्पादनमा असहजता आएको प्रहरीको भनाई छ । भौगोलीक विकटता, ग्रामिण सडकहरुको दुरावस्थाका कारण समयमा नै चौकीहरुको पुन: निर्माण सम्पन्न हुन नसकेको हो । यसैबिच अस्थाई पालबाटै सेवा दिदै आएको जिल्ला प्रहरी कार्यालय धादिङले भने अब नयाँ र सुविधा सम्पन्न भवन पाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here