थाइल्याण्डको राजधानी बैंककमा बढ्दो वायु प्रदुषणको असर कम गर्न सरकारले हावामा पानीको फोहोरा बर्साउनुका साथै मास्क वितरण गरेको छ । धुवाँ र तुवालोले बैंककबासीलाई रुघाखोकी तथा ३ाँटी दुख्ने समस्याको असर कम गर्न कृत्रिम बादलको बिउका रुपमा पानीको फोहोरा प्रहार गरेको थाइ अधिकारीहरुले जनाएका छन् । फोहोराकै कारण बादल निस्किने र वर्षा हुन सक्ने आशा उनीहरुको छ । निर्माणस्थलको धूलो र डिजेलको धुवाँले बैंकक प्रदूषित भएको हो । आउँदो ३ महिना बैंकक प्रदुषित भैरहने भएकोले विद्युतीय सवारी मात्रै दीर्घकालीन समाधान हुने थाइ वायु प्रदुषण नियन्त्रण विभागले जनाएको छ ।
Latest article
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...
विश्व रेडियो दिवस आज मनाईंदैछ
विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...