इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका छन । फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ ।
काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने सो विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरानी अधिकारीहरुले जनाएका छन् ।
विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु बोकेर उडेको थियो ।