नुवाकोटको सुदुरपुर्वी भेगमा एकिकृत घुम्ती शिविरमा दुई हजार भन्दा वढि सेवाग्राहीले सेवा लाभ

498
नुवाकोट एकीकृत शिविर

नुवाकोटको सुदुरपुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले संचालन गरेकोएकिकृत घुम्ती शिविरमा दुई हजार भन्दा वढि सेवाग्राहीले सेवा लिएका छन् । 
सदरमुकाम विदुर पुग्न नसकेका तथा समय नमिलेका वृद्दवृद्दा तथा महिलाहरुको सुविधाका लागि पहिलो पटक शिविर संचालन गरिएको हो । दुईदिने शिविरमा महिला, वृद्दवृद्दाहरु धेरै संख्यामा आएको गाउंपालिकाका उपाध्यक्ष मन्जु केसीले जानकारी दिनुभयो । 
शिविरमा चारसय थान नागरिकता वितरण भएको र सयौंको व्यक्तिगत घटना विवरण दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले बताउनुभयो । 
शिविरमा बिदुरबाट सेवा प्रवाह गर्ने जिल्लास्थित १६ वटा सरकारी कार्यालयहरुले सेवा प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here