अष्ट्रेलियाको केही भागमा ४९ डिग्री सम्म तापक्रम

208
अष्ट्रेलिया गर्मी

नेपाल लगायत एशिया र युरोपका मुलुकहरुमा अहिले चिसो निकै बढेको छ । तर दक्षिणी गोलार्धमा रहेको अष्ट्रेलियामा बसोवास गरिरहेकाहरुले भने यतिबेला निकै गर्मीको महसुस गरिरहेका छन् । अष्ट्रेलियामा हालसम्मकै बढी तापक्रम मापन गरिएका १० दिन मध्ये हालैका ५ दिनमा सर्वाधिक तापमान मापन गरिएको छ । हिजो त्यहाँ देशभरको औसत तापक्रम ४० डिग्री मापन गरिएको मौसम विभागले जनाएको छ । कतिपय स्थानमा तापमान ४९ डिग्रीसम्म पुगेको छ । गर्मी बढेसंगै चलेको तातो हावा र लुका कारण धेरै मानिसहरु विरामी परेका छन् , वन्यजन्तुहरु मर्न थालेका छन् भने आगलागीका घटनाहरु समेत बढेको छ । सन् २०१३ मा अष्ट्रेलियामा एक साता सम्म ३९ डिग्री तापक्रम मापन गरिएको थियो । त्यसयता तामक्रम केही घटेको भएपनि अहिले भने तापक्रम बढिरहेको छ । मौसविद्हरुका अनुसार मध्य क्षेत्र सहित धेरै स्थानमा हालसम्मकै उच्च गतिमा तातोहावा बहिरहेको छ । तापक्रम बढेपछी अनावश्यक रुपमा बाहिर ननिस्कन र खुला ठाउँमा नबस्न सरकारले सचेत बनाएको छ । तर मानिसहरु भने समुन्द्रमा डुबुल्की मारेर गर्मी छलीरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here