सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा

115
चिनी मिल संचालन

सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो । समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हुँन थालेको थियो । तर सरकारले केही दिन अघि उखुको समर्थन मूल्य प्रति क्विन्टल ५३६ रुपैँया ५६ पैसा तोकेपछि उखु उत्पादक किसान र चिनी मिलका सञ्चालकबीच भएको सहमतिअनुसार प्रदेश नं २ मा रहेको चिनी मिल सञ्चालनमा आएका हुन् । मुलुककै सबभन्दा बढी उखुखेती हुने सर्लाहीका सबै चिनी मिल समयमै सञ्चानलमा नआउँदा धेरै परिणामको उखु खेतमै सुकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here