चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा

90
प्रम क्रिकेट रंगशाला

धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुर महानगरपालिकामा गौतम बुध्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरेको फाउन्डेसनले काठमाण्डौंमा हिजो आयोजना गरेको समारोहमा सो घोषणा गरेको हो । सो सम्बन्धी सम्झौतामा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल र भरतपुरमहानगरपालिकाका मेयर रेणु दाहालले हस्ताक्षर गर्नु भयो । समारोहलाइ सम्बोधन गर्दै प्रधानमन्त्री के पी शर्मा ओलिले फाउन्डेशनको उदाहरणिय कार्यबाट प्रेरणा लिइ अन्य क्षेत्रलाइ पनि सकारात्मक कार्य गर्न आह्वान गर्नु भयो । प्रधानमन्त्री ओलिले नेपालको लोकतन्त्रलाइ खुम्चिन नदिइने, भ्रष्टार अन्त्य गरीने र नेपाललाइ चाडै अल्पविकशित राष्ट्रबाट समृध्द राष्ट्रमा रुपान्तरण गरिन पनि बताउनु  भयो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फाएन्डेशनले शिर्जना गरेको उत्पेरणालाइ संरक्षण गरि एकताबध्द भइ अघी बढे देश चाडै बनाउन सकिने बताउनु भयो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले रंगशाला निर्माणको लागी मन्त्रालयले सकेसम्म सहयोग गर्ने बताउनु भयो । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रंगशालाइ २ वर्ष भित्र निर्माण गरी पाकिस्तान र भारत वीच पहिलो अन्तर्राष्ट्रिय खेल गराउने बताउनु भयो । फाउन्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले रंगशाला राष्ट्रको गौरव हुने बताउनु भयो । घोषणा कार्यक्रममा रंगशाला निर्माणको लागी एस ट्राभल्स डट कमले प्रदान गरेको ३ करोड रुपैयाँ सहित करीब ४ करोड रुपैयाँ संकलन भएको घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here