नेपाल टेलिभिजन आज ३४ वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश

485
एनटीभी ३४औं वार्षिकोत्सव

नेपाल टेलिभिजन आज दखि ३४ औं बर्ष पुरा गरी ३५ औं बर्षमा प्रबेश गरेको छ । नेपाल टेलिभिजन २०४१ साल माघ १७ गते परियोजनाको रुपमा सुरु भएको हो । २०४२ सालदेखि प्रसारण सुरु गरेको नेपाल टेलिभिजन अहिले चारवटा च्यानलहरु प्रसारणमा छन् । नेपाल टेलिभिजनको प्रसारण भूउपग्रह र भूसतही दुवै प्रणालीबाट भइरहेको छ । भूउपग्रहबाट विश्वका १४५ भन्दा बढी मुलुकमा प्रसारण पहुँचबाट नेपाल टेलिभिजनको प्रसारण भूसतहीबाट पनि देशका प्रायः सबैजसो भूभागमा प्रसारण पहुँच पुगेको छ । नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्युज च्यानल र कोहलपुर प्रसारण केन्द्रबाट नियमित रुपमा चौबीसै घन्टा समाचार र कार्यक्रमहरु प्रसारण गरिरहेको नेपाल टेलिभिजनको १९ वटा प्रसारण केन्द्रहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here