नेपालले आज इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी-ट्वान्टी खेल खेल्दै

150
त्रिकोणात्मक क्रिकेट

युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले आज इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल खेल्दैछ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एम सि सी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिजलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । त्रिकोणात्मक सिरिज पछि आफ्नो पहिलो एकदिवसीय क्रिकेट खेल खेल्न नेपाली टोली नेदरल्याण्ड्स जानेछ ।

नेपालले एमस्ट्राडममा घरेलु टोलीसँग आगामी बुधवार र शुक्रवार एकदिवसीय सिरिज खेल्नेछ । युरोप भ्रमणमा रहेको नेपाली टोलीले यसअघि तीन वटा अभ्यास खेल खेलेको थियो जसमा नेपालले २ खेल जितेको छ । इङल्याण्डमा खेलेको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । दोस्रो खेलमा सेन्ट क्रससंग १९ रनले पराजित भएको नेपालले तेस्रो अभ्यास खेलमा इष्ट लन्डन ११ लाई २२३ रनले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here