नेपाली कांग्रेसले स्वर्गीय नेता बिपी कोइरालाको नाममा वीरगन्जमा स्थापना गर्ने भनिएको उद्यानको सट्टामा सहिद पार्क बनाउन लागिएको भन्दै त्यसको विरोध

175
नेका महासमिति बैठक

नेपाली कांग्रेसले स्वर्गीय नेता बिपी कोइरालाको नाममा वीरगन्जमा स्थापना गर्ने भनिएको उद्यानको सट्टामा सहिद पार्क बनाउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । 
काग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी बिपी कोइरालाको नाममा वीरगन्जमा गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्न खोजिएको बताउनुभयो । उहाँले हालै गरिएको शिलान्यास कार्यक्रमप्रति आपत्ती जनाउनुभयो । उद्यानको जग्गामा सहिद पार्क बनाउने भन्दै गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गर्नुभएको थियो । कांग्रेसले सो कार्य तत्काल सच्याउन माग समेत गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here