माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास

212
दोलखा तामाकोशी सुरुङ

भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको हो । इञ्जिनीयरिङ, खरिद तथा निर्माण मोडेलमा आयोजना बन्ने छ । त्यसका लागि चिनियाँ कम्पनी सिचुआन हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङसँग ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको ढाँचा, निर्माण तथा जडान गर्नेछ । शिलान्यास कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समय २०७७ फागुनमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here