कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघसंग नबाझिने गरी प्रदेश र स्थानीय तहलाई कानुन निर्माण गर्न आग्रह

423

कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघसंग नबाझिने गरी प्रदेश र स्थानीय तहलाई कानुन निर्माण गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विराटनगरमा आयोजना गरेको तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै मंत्री ढकालले कानुन निर्माण गर्दा संविधानको अनुसूची ५ देखि ९ सम्म अध्ययन गरेर मात्र कानुन बनाउन अनुरोध गर्नुभयो । उहाँले आ आफ्नो अधिकार क्षेत्र बाहिर गएर कानुन निर्माण गर्दा अहिले कार्यान्वयनमा समस्या देखिएको बताउदै संघ संग बाझिने कानुन मान्य नहुने जानकारी दिनुभयो । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here