नेपाल र नेदरल्याण्ड्स लर्डर्समा भएको त्रिकोणात्मक सिरिजको संयुक्त विजेता घोषित

268
त्रिकोणात्मक क्रिकेट1

त्रिकोणात्मक सिरिज अन्तरगत इंल्याण्डको लर्डर्स मैदानमा भएको खेलमा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता घोषित भएका छन् । खराब मौसमका कारण नेदरल्याण्ड्सले ब्याटिङ गरिरहदा खेल रद्द भएको थियो । त्यसपछी निर्णायक मण्डलले दुवै देशलाई संयुक्त विजेता घोषणा गरेका हुन । खेल रोकिनु अघि नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । यसअघि हिजै भएको पहिलो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको थियो ।

अर्को खेलमा पनि एमसीसी नेदरल्याण्डसंग ६ रनले पराजित भयो। टि-ट्वान्टी फर्म्याटमा भएको प्रतियोगितालाइ वर्षाका कारण ६/६ ओभरमा छोट्याइएको थियो । नेपाल र नेदरल्याण्ड्सको यो प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी ट्वान्टीको मान्यता दिएको छ । एक दिवशीय मान्यता पाए पछीको आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले इङल्याण्डमा छ । नेपालले पर्सि बुधवार र शुक्रवार नेदरल्याण्ड्स संग एमस्टरड्याममा एक दिवशीय प्रतियोगता खेल्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here