इथियोपियामा विमान दुर्घटना/गोरखाकी एकता अधिकारीको मृत्यु

218

काठमाडौ, फागुन २७: इथियोपियामा हिजो भएको विमान दुर्घटनामा परि विश्व खाद्य कार्यक्रम अन्तर्गतको एउटा परियोजनामा कार्यरत गोरखाकी एकता अधिकारीको मृत्यु भएको पुष्टि भएको छ । विमान दुर्घटनामा परि मृत्यु हुने ३० मुलुकका १५७ जना मध्ये एक जना नेपाली नागरिक पनि रहेको  एयरलाइन्स कम्पनीले पुष्टी गरेको हो ।   मृतक अधिकारी केन्याको नैरवीमा आयोजना हुन लागेको विश्व खाद्य कार्यक्रमको एउटा बैठकमा सहभागी हुन जाँदै गर्दा विमान दुर्घटनामा परेकी हुन् । विमान दुर्घटनामा परी अधिकारी सहित संयुक्त राष्ट्र संघमा कार्यरत १९ जना कर्मचारीहरुको पनि मृत्यु भएको छ ।  इथियोपियाली वायु सेवा कम्पनीको बोइङ विमान केन्याका लागि उडेको छ मिनेटपछि नै दुर्घटनामा परेको थियो । दुर्घटना हुनुको कारण पत्ता लगाउन इथियोपियाली सरकारले छानविन समिति गठन गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here