बोइङ ७३७ म्याक्स-८ को विमान उडान धमाधम बन्द हुँदै

348

काठमाडौ, फागुन २९ : गत आइतबार इथियोपियन एयरलाइन्स केन्या जाँदै गर्दा उडेको केही मिनेटमै दुर्घटना भयो । दुर्घटनाबाट विमानमा रहेका १५७ जना यात्रुको मृत्यु भयो । बोइङ 737 म्याक्स 8 नामको एयर दुर्घटना भएपछि विभिन्न देशका नागरिक उड्डयन संस्थाहरुले त्यस विमानलाई सञ्चालन बन्द गराएका छन् । यसक्रममा अमेरिकाले पनि बोइङ 737 म्याक्स 8 विमान संचालन गर्न रोक लगाएको छ । रिपब्लिकन सिनेटर टेड क्रुज जो उड्डयनसँग सम्बन्धित उपसमितिका अध्यक्ष पनि हुनले भने जबसम्म संघीय उड्डयन प्राधिकरणले विमानको सुरक्षाको विश्वस्तताको टुङ्गो लगाउँदैन त्यो विमान अमेरिकामा उड्दैन । अमेरिका लगायत बेलायत, चीन, युरोपियन युनियन र अष्ट्रेलियाले पनि सो विमान आफ्नो देशमा अवतरण नगराउने भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here