सेरागाडमा पुल बनाउन शुरु

283

काठमाडौ, फागुन २७ : डडेल्धुरा भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको सिमानामा पर्ने सेरागाडमा निर्माणधिन अवस्थामै भत्कीएको पक्की मोटरेवल पुलको ८ महिनापछि पुनर्निमाण शुरु भएको छ । वगरकोट देवल सडक खण्डको सेरागाडमा निर्माणाधिन अवस्थामा रहेको पुल ढलान गरेपछि गएको श्रावण महिनामा पुल भत्कीएको हो  । भत्कीएको पुलको सफाई गरेर विमका लागि ढलान, छड ,व्यारिङ लगाउने काम भईरहेको छ  । पुलको काम आउँदो वैशाख महिना भित्र सम्पन्न गरि सक्ने  निर्माण कम्पनिले जनाएको छ । आर्थीक वर्ष २०७१/०७२ मा ठेक्का भई आर्थीक वर्ष २०७३/०७४ मा निर्माण सम्पन्न गरि सक्नु पर्ने भएपनि निर्माण सम्पन्न नहुँदै ढलान गरेको पुल भत्किएको थियो । प्रिस्टेज प्रविधिमा निर्माण भईरहेको पक्की मोटरेवल पुलको लम्वाई ४० मिटर रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here