इन्डोनेशियामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७३

180

काठमाडौ, चैत्र ४ : इन्डोनेसियामा आएको बाढी पहिरोमा परि मृत्यु हुनेहरुको सङ्ख्या ७३ पुगेको छ । बाढीपहिरोले बगाएका मध्ये ६० जना भन्दा बढीको अवस्था अझै थाहा हुन सकेको छैन् । वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । अत्यधिक बर्षाका कारण  इन्डोनेसियाको पपुआ प्रान्तको धेरै स्थानमा बाढी आउनुका साथै पहिरो गएको हो । बाढीले एक सय भन्दा बढी घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको छ । बीच बाटोमा ढलेका रुखले सडक अवरुद्ध गर्दा राहत र उद्दार कार्यमा समेत कठिनाइ पुगेको छ । बाढी र पहिरोका कारण ४ हजार भन्दा बढी मानिसहरु विस्थापित भएका छन् । उनीहरुलाई सरकारी केन्द्रहरुमा बासको व्यवस्था मिलाइएको छ । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here