अमेरिकामा भीषण बाढी/ ३ जनाको मृत्यु

480

काठमाडौ, चैत्र ५ : अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा भिषण बर्षा र हिमपात पछि जम्मा भएको हिउँ पग्लिएर आएको बाढीले बगाउँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ । मौसमविद्हरुले ‘बम साइक्लोन’ नाम दिएको तिब्र गतिको चिसो हावा र हिमपात सहित आएको हुरी बतास र बर्षा पछीको बाढीबाट दशौं हजार मानिसहरु विस्थापित भएका छन् । हालसम्मकै ठूलो भनिएको बाढीले नेब्रास्का, विस्कोन्सिन, आइओवा, मिनेसोटा तथा दक्षिण डाकोटा राज्यमा निकै क्षति पुर्याएको छ । स्थानीय सरकारले ती राज्यहरुमा आपतकालको घोषणा गरी राहत र उद्दारकार्य तिब्र पारेका छन् । हिउँ पग्लिएर आएको अत्यन्तै चिसो पानीको बाढी पार गर्न नसक्दा कयौं मानिस र उद्दारकर्ताहरु बीच बाटोमै रोकिएका छन् । अमेरिकाको पश्चिम र मध्य क्षेत्रमा केही दिन यता देखि परिरहेको भिषण बर्षा र चिसो हावा सहितको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।।

न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने गोराजातीका उग्रवादीविरुद्ध कानूनी कारवाही शुरु गरिएको छ ।  आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन टर्राण्टलाई अभियोजनकर्ताले क्रिष्टचर्चको अदालतमा उपस्थित गराएका थिए । उनीवरुद्ध हत्यासम्बन्धी विभिन्न अभियोग दर्ता गरिएको छ ।उनले क्रिष्टचर्च शहरको अल नूर मस्जिद तथा नजिकैको लिनउड मस्जिदमा पसेर जथाभावी गोली चलाएका थिए । आक्रमणमा ४९ जनाको ज्यान गएको थियो भने त्यति नै संख्यामा घाइते भएका थिए । आक्रमणलगत्तै प्रहरीले उनलाई गिरफ्तार गरेका थिए ।हत्कडीसहित अदालतमा उनी शालिन शैलीमा उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  आक्रमणलाई न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डनले आतंकवादी हमलाको संज्ञा दिएकी छिन् । आक्रमणको विश्वभरबाट निन्दा भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here