सीके राउतको नयाँ पार्टी- “जनमत पार्टी”

420
OLYMPUS DIGITAL CAMERA

काठमाडौ, चैत ५ : सी के राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको नाम अब जनमत पार्टी हुने भएको छ । सिरहाको लहानमा भएको राष्ट्रिय परिषद्को बैठकले पार्टीको नाम परिवर्तन गरी जनमत पार्टी राख्ने निर्णय गरेको हो । आज जारी गरिएको प्रेस बक्तव्यमा पार्टीको केन्द्रीय अध्यक्षमा सिके राउत रहने उल्लेख छ । यसैगरी  ३५ जनासहितको केन्द्रीय समिति समेत गठन गरिएको केन्द्रीय सदस्य अब्दुल खानद्वार‍ा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पार्टीको नामसँगै झण्डा पनि फेर्ने निर्णय गरेको छ ।   झण्डामा रातो, सेतो, हरियो रंगमिश्रित ठाडो धर्के रहने उल्लेख छ । यसैगरी पार्टीको लोगोमा अष्टदलको छेउमा देवनागरी र रोमन भाषामा लेखिने भएको छ । बैठकमा तराईका २२ जिल्लाका केन्द्रीय परिषद् सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here