फिफा वर्ष खेलाडी २०१७ को मनोनयनमा परेका १० खेलाडीमध्ये क्रोएशियाका स्टार खेलाडी लुका मोड्रिच सबैभन्दा लोकप्रिय

535
लुका मोड्रिच

विश्व फुटबलको नियमनकारी निकाय फिफाले प्रदान गर्ने फीफा बर्ष खेलाडीमा यस पटक क्रोयशियाली स्टार खेलाडी लुका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका छन् । रसिया हालै सम्पन्न विश्वकप फूटबल प्रतियोगगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाइ दोस्रो स्थानसम्म पुर्याउन योगदान गरेका मोर्डिचले फिफाले प्रदान गर्न लागेको २०१७ को फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा मेसी, रोनाल्डो लगायत खेलाडीलाइ पछि पार्दै लोकप्रिय बनेका छन् ।

आगामी सेप्टेम्बर २४ मा लन्डनमा हुने वर्ष खेलाडी अवार्डका लागि फिफाले उत्कृष्ट दश खेलाडीहरुको नाम मनोनयन गरेको छ । मनोनयनमा परेका खेलाडीहरुको संभावनालाइ लिएर स्पेनको एक पत्रिकाले हालै गरेको सर्वेक्षणमा मोर्डिच पहिलो रोजाइमा रहेको देखाएको छ । फिफा मनोनयनमा मोर्डिच, मेसि र क्रिस्टियानो रोनाल्डो सहित फ्रान्सका २ जना, बेल्जियमका २ जना, इङल्याण्ड र इजिप्टका १-१ जना खेलाडी परेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here