एएफसी यु-२३ फुटबल अन्तर्गत आज नेपाल र कतार खेल्दै

235

काठमाडौ, चैत्र १० : एएफसी यू-२३ फुटबल च्याम्पियनसिप छनोट अन्तरगतको खेलमा नेपालले आज आयोजक कतार संग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न मैदानमा उत्रदा आज नेपालको लक्ष्य कतार जित निकाल्नु हुनेछ । गत शुक्रबार भएको खेलमा ओमानसंग १-० गोल अन्तरले पराजित भएको नेपाललाई छनोट हुनका लागि आजको खेल जित्नै पर्ने हुन्छ । एशियन च्याम्पियन समेत रहेको निकै बलियो टोली कतार सँगको खेलमा शतप्रतिशत दिदै जीतका लागि खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् । प्रतियोगिता अनर्तरगत नेपालले अन्तिम खेल पर्सी मंगलवार अफगानिस्तानसंग खेल्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here