काठमाण्डौको तारकेश्वर र टोखा तथा र हैटौडामा ७० हजार कुखुरा नष्ट/ कास्कीमा पनि बर्डफ्लू देखियो

285

काठमाडौ, चैत्र ५ :  कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोटमा बर्डफ्लू भेटिएको छ । स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक शहदेव पौडेलले जानकारी दिनुभयो । सङ्क्रमित क्षेत्रमा रहेका कुखुरा, चल्ला एवम् पक्षीजन्य पदार्थ पूर्णरुपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिनुभएको छ । सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न समेत रोक लगाइएको छ । यसैबीच काठमाण्डौको तारकेश्वर तथा टोखा नगरपालिका र हैटौडा उपमहानगरपालिकामा देखिएको बर्ड फ्लू नियन्त्रण गर्न करिव ७० हजार कुखुरा नष्ट गरीएको पशुसेवा विभागले जनाएको छ । त्यसैगरी  बर्ड फ्लू संक्रमित कुखुराका साथै ८ हजार २ सय ७८ केजी दाना करिव १० हजार अण्डा नष्ट गरिएको छ । काठमाण्डौमा २८ हजार र हेटौडामा ४१ हजार कुखुरा नष्ट गरिएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here