लण्डनमा जनमत संग्रहको माग गर्दै प्रदर्शन

90

काठमाडौ, चैत्र १० : यूरोपेली संघ इयुबाट बेलायतको बहिर्गमन सम्वन्धमा निर्णय गर्नु पुर्व अर्को जनमत सङ्ग्रहको माग गर्दै बेलायतको राजधानी लण्डनमा ठूलो प्रदर्शन भएको छ । इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका दशौं हजार मानिसहरुले त्यहाँको संसद भवन अगाडी दवावमूलक प्रदर्शन गरेका हुन् । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्यौलता सृजना गरेकोले त्यस बिषयमा पुनः जनमत सङ्ग्रह हुनुपर्ने बताउका छन् । यही साता हुने तय भएको बेलायतको बहिर्गमन लाई गत बुधवार मात्रै युरोपेली नेताहरुले ३ महिना पर सार्न सहमती जनाएका छन् । तर बहिर्गमनको प्रस्तावलाई दुई पटक अस्विकार गरेको बेलायती संसदले अझै सम्म पनि त्यस सम्वन्धमा निर्णय लिन सकेको छैन् । प्रतिपक्षी संगै केही सत्ता पक्षकै सांसदहरुले पनि ब्रेक्जिट प्रस्तावमा हेरफेरको माग गरिरहनु भएको छ । प्रधानमन्त्री थेरेजा मे ले भने प्रस्ताव माथी संसदमा पुनः मतदान र फेरी जनमत संग्रहको संभावनालाई नकार्दै आउनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here