थाइल्याण्डमा आज निर्वाचन

218

काठमाडौ, चैत्र १०: थाईल्याण्डमा लोकतान्त्रिक सरकार गठनका लागि आज मतदान भइरहेको छ । विगत ५ बर्ष देखि सैन्य प्रमुखको नेतृत्वमा चलेको मुलुकमा लोकतान्त्रिक सरकार गठनका लागि मतदान भएको हो । पाँच करोड दश लाख भन्दा बढीले मतदात गर्ने बताइएको निर्वाचनमा ४० दलबाट झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तर निर्वाचनमा देशको प्रमुख राजनितिक दल नै सहभागी भएको छैन । अदालतले पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट दललाई विघटन गरिदिएपछि त्यो दल निर्वाचनमा सहभागी हुन नपाएको हो । प्रमुख दलनै प्रतिस्पर्धामा नभएपछि निर्वाचनको पूर्णता माथी भने संशय उत्पन्न भएको छ । थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले थाई रक्षा पार्टी माथी प्रतिवन्ध लगाउदै विघठन गर्ने निर्णय गरेको थियो । सन् २०१४ मा निर्वाचित प्रधानमन्त्री यीङ्लकलाई हटाएर सेनाले राज्य सत्ता हातमा लिएपछी त्यहाँ लोकतन्त्रको माग हुदै आएको छ । थाइल्याण्डमा सन् २०११ पछी पहिलोपटक आम निर्वाचन भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here