विप्लब समूहको विध्वंसात्मक काम चैत्रभित्रै नियन्त्रण गरिने प्रमको दृढता

266

काठमाडौ, चैत्र ११: प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लब समूहको विध्वसांत्मक कामहरू चैत महिना भित्रै नियन्त्रण गरिसक्ने दृढता व्यक्त गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दृढता व्यक्त गर्नु भएको हो । विप्लव समूहले कम्युनिष्ट पार्टीको नाममा विध्वंसात्मक क्रियाकलाप गरिरहेकोले यो सैह्य नहुने प्रधानमन्त्रीले बताउनु भयो । नेपालमा पृथकताबाद समाप्त भएको भन्नुहुँदै प्रधानमन्त्रीले विभिन्न असन्तुष्ट समूहसंग छलफलको क्रम भने जारी रहेको पनि जानकारी दिनुभयो ।

  नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार बजेट अधिवेशको तयारीमा रहेकोले कार्यक्रम र बजेटका विषयहरू समयमै संसदीय दलमा ल्याउन संसदहरुलाइ निर्देशन दिनुभयो । Pause  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्किएपछि पार्टी एकताका बाँकी कामले तिब्रता पाउने उहाँले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here