नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा कुवेतसंग १-० गोल अन्तरले पराजित । आज अफगानिस्तानसंग खेल्दै ।।

330

काठमाडौ, चैत्र १२:  नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसंग पराजित भएको छ । हिजो भएको खेलमा नेपाल कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो । अल शबब स्टेडियममा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा नासिरले पेनाल्टीमा गोल गर्दै कुवेतलाई जित दिलाए । यसअघि पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । तर, नेपालले दोस्रो खेलमा बलियो टोली कुवेतलाई रोक्न सकेन । योसंगै मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । हालै मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनको नेतृत्वमा नेपाल कुवेत भ्रमणमा गएको थियो ।।

कतारमा जारी तेइस बर्ष मूनिको एएफसी यू-२३ च्याम्पियनशिपको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसंग खेल्दैछ । च्याम्पियनशिपमा लगातार दुई खेल हारेर छनौटबाट बाहिरिसकेको नेपालका लागि आजको खेल औपचारिकता मात्रै बन्न पुगेको छ । प्रतियोगितामा ओमान र आयोजक कतारसंग पराजित भएसंगै नेपालको छनोट संभावना सकिएको हो । कतारसंग ५-० गोल अन्तरले पराजित भएको नेपाली टोली ओमानसंग १-० गोल अन्तरले पराजित भइसकेको छ । २ खेलमै पराजय व्यहोरेपछी नेपालले हालसम्म कुनै पनि अंक जोड्न सकेको छैन । छनौट खेलको विजेताले थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ । यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here