यातायात व्यवस्था विभागद्वारा दश लाख कार्ड खरीद गर्ने प्रक्रिया सुरु । झण्डै ४ लाख ५० हजार चालक अनुमतिपत्र छाप्नै बाँकी ।

137

काठमाडौ, चैत्र १२:  चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ । विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । ‘मास प्रिन्टर’ को क्षमता साधारण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । कार्ड छपाइका लागि ठेक्का आह्वान भइसकेको उहाँले जानकारी दिनुभयो । कार्ड र मास प्रिन्टर खरीद गरेपछि सेवाग्राहीले समयमा नै चालक अनुमतिपत्र पाउन सक्नेछन् । संविधानले यातायातको जिम्मेवारी प्रदेश सरकारलाई दिए पनि चालक अनुमतिपत्रको छपाइ विभागले नै गर्दै आएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने प्रवक्ता उपाध्यायले बताउनुभयो । देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख ५० हजार सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here