सिन्धुपाल्चोकको शिवश्री जलविद्युत् आयोजना नजिकै ग्यास सिलिण्डर बिस्फोट, दुइ जनाको मृत्यु, दुइ जना बेपत्ता ।

231

काठमाडौ, चैत्र १२:  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा दुइ जना मजदुरको मृत्यु भएको छ । घटनामा परी दुइ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरुमा संडुप लामा र भाइकाजी शर्पा रहेका छन् भने गोपाल श्रेष्ठ र एचएम थापा मगर बेपत्ता भएको हाम्रा सिन्धुपाल्चोक सम्बाददाता नेत्र पौडेलले जनाएका छन् । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । तर घटनास्थलमा पारी परिरहेको र हावा चलिरहेकाले उध्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here