दक्षिण अफ्रिकामा आँधी/पाँच लाख मानिस विस्थापित

172

काठमाडौ, चैत्र १३ : दक्षिण अफ्रिकामा आएको आँधीबाट पाँच लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन् । आँधीसँगै परेको अत्यधिक बर्षा र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ । यसैगरी तिब्र हावाहुरी र बर्षाले अर्बौं मुल्य बराबरका भौतिक संरचनाहरुमा क्षति पुर्याएको छ । अफ्रिकामा हालैका दिनमा आएका आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई अझ बढी प्रभावित पारेको छ । बाढी प्रभावित क्षेत्रहरुमा राहत र उद्धारका काम समेत सहज रुपमा हुन नसकिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । दक्षिण अफ्रिका सहित त्यस क्षेत्रका विभिन्न मुलुकहरुमा दुई हप्ता अघी भिषण आँधी आएको थियो । त्यस यता लागातार आएको आँधी र बर्षाले लाखौं मानिसहरुलाई घरवार विहिन बनाएको हो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुले बताएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here