अमेरिकामा दादुराको महामारी

234

काठमाडौ, चैत्र १३ :  अमेरिकाको न्यूयोर्क पुर्व स्थित एक प्रान्तमा दादूराका बिरामीहरुको संख्या बढेपछी आपतकालको घोषणा गरी रोकथामका लागि संयन्त्रहरु परिचालन गरिएको छ । न्युयोर्कको रक ल्याण्ड काउण्टीमा दादूराका १५३ जना नयाँ विरामीहरु भेटिएपछी आपतकालको घोषणा गरिएको हो । प्रान्त सरकारले दादूराको खोप नलगाउका बच्चाहरुलाई खुला स्थानमा हिडडुल गर्न समेत प्रतिवन्ध लगाएको छ । प्रतिवन्धको उलंघन गरेमा ५०० डलर जरिवाना र छ महिना कैद सजाय गर्ने जनाइएको छ । अमेरिकाको राजधानी वासिङटन सहित  क्यालिफोर्निया, टेक्सस् र इलिनियस राज्यमा पनि दादूराका नयाँ विरामीहरु भेटिएका छन् । खोपका कारण बच्चाहरुमा अटिजम लगायतका रोगको दर बढेको भन्दै पछिल्लो समय अमेरिकामा अभिभावकहरु बच्चाहरुलाई खोप लगाउने तर्फ अनिच्छुक देखिएका छन् । संक्रमण फैलिएको रक ल्याण्ड काउण्टीका अधिकारीले निकै ठूलो जनस्वास्थ्यको समस्या आइपरेको भन्दै सतर्कताका लागि आग्रह गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here