पाल्पामा चिस्यान केन्द्र अलपत्र

289

काठमाडौ, चैत्र १३ :  पाल्पामा  ६ बर्ष  अघि  निर्माण शुरु भएको  चिस्यान केन्द्र  अहिले  अलपत्र अवस्थामा रहेको छ । ६ बर्षको अवधीमा चिस्यान केन्द्रको ३० प्रतिशत काम मात्र सम्पन्न भएको छ । समयमा  चिस्यान केन्द्र निर्माण पुरा नभएपछि यस क्षेत्रका किसानहरुमा निराशा छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, पर्वत लगायत जिल्लाका  किसानहरु लाई लक्षित गरी चिस्यान केन्द्र निर्माण शुरु गरिएको  थियो ।          यस क्षेत्रमा तत्काल बजारमा खपत हुने भन्दा बढि उत्पादन भएका  तरकारी, फलफुल, अदुवा, दुध लगायतका कृषि उत्पादन लाई व्यबस्थित रुपमा चिस्यान केन्द्रमा  भण्डारण गर्न  चिस्यान केन्द्र निर्माण शुरु गरिएको थियो ।       २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेष्ठ २३ गते  निर्समाण सम्पन्न गर्ने सम्झौता गरेको थियो । समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पुर्व निधारित रकमको क्षतिपुर्ति ४८ लाख रुपैया रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको छ । निर्माण कम्पनीले नगरपालिकाको पत्राचार लाई वेवास्ता गरेमा  कालोसुचीमा राख्ने गरी कारवाही अगाडी बढाउने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here