मनाङमा आवासीय विद्यालयको अवधारणा लागु गरिँदै

99

काठमाडौ, चैत्र १३ : मनाङमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कँदै गएको भन्दै सुधारका लागि आवासीय विद्यालयको अवधारण ल्याइएको छ । जिल्लाको नसों गाउँपालीकाले गुणस्तरीय शिक्षालाई सबै बालबालिकाको पहुँचमा पुर्याउनका लागि विद्यालयमै राखेर पढाउने व्यवस्था सुरु गरेका हुन् । गाउँपालीकाभित्र ११ वटा विद्यालय छ तर सबैमा न्यून संख्यामा मात्र विद्यार्थीहरु पढिरहेका छन् । त्यसलाई व्यवस्थित गर्न हाललाई १० वटा विद्यालयलाई थोचेमा रहेको प्रकाशज्वती माध्यमिक विद्यालयमा गाभेर आवसीय विद्यालय सञ्चालन गरीएको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शिव प्रसाद ढुङगानाले बताउनु भयो । कक्षा एक देखि १२ कक्षा सम्मको पढाइ हुने   नयाँ आवसीय विद्यालयमा १०० जना भन्दा बढि विद्यार्थी भर्ना भइसकेको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताउनु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here