लगानी सम्मेलनको तयारी पूरा

276

काठमाडौ, चैत्र १३ :  यही चैत १५ र १६ गते काठमाण्डौमा आयोजना हुने लगानी सम्मेलनको लागि सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ।  सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढी विदेशी लगानी कर्ताहरुको सहभागीता रहने निश्चित भएको छ। दूई दिन सम्म चल्ने नेपाल लगानी सम्मेलनको प्रधानमन्त्री  केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने कार्यक्रम छ। सम्मेलनमा कृषि जलविधूत्त उघोग पर्यटन यातायात सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र संग सम्बन्धीत सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरि ७७ बटा परियोजनाहरु प्रस्तुत गरिने छन्।  सम्मेलनमा  १२वटा विभिन्न समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी सरकारको छ।  अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.यूवराज खतिवडाले सम्मेलन मार्फत सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसर र लगानी प्रवर्घ्दनका लागी सरकारले लिएका नीतिगत तथा कानुनी सुधारहरुका बारेमा जनकारी गराउने बताउनु भयो।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here