थाइल्याण्डमा सरकार गठनका सात पार्टीको नयाँ गठबन्धन

89

काठमाडौ, चैत्र १४ :  थाइल्याण्डमा सरकार बनाउन सात वटा पार्टीको नयाँ गठबन्धन बनाइएको छ । यसै हप्ता सम्पन्न भएको आम निर्वाचनमा कुनै पनि राजनितिक दलले सरकार गठनका लागि स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछी त्यहाँ गठबन्धन निर्माण गरिएको हो । निर्वाचनमा सेना समर्थित दलले पहिलो स्थान हासिल गरेको छ । निर्वाचनको औपचारिक र आधिकारिक मतपरिणाम भने सार्वजनिक गरिसकिएको छैन । अब यही गठबन्धनले नै त्यहाँ नयाँ सरकार बनाउने जनाइएको छ । कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिन्छन् भने २ सय ५० सिट रहेको माथिल्लो सदनमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here