तनहुँको भानु नगरपालिका कार्यलयमा टेलिफोन सुविधा नहुदाँ सेवा प्रवाहमा समस्या

359

काठमाडौ, चैत्र १४ :   तनहुँको भानु नगरपालिकाको कार्यलयमा टेलिफोन सुविधा नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ । भानु नगरपालिका बनेको २ बर्ष वितिसक्दा पनि नगरपालिकाको कार्यालयमा अझै टेलिफोन सुविधा छैन। तार सहितको टेलिफोन सेवा नभएपछि नगरपालिकामा वायरलेस इन्टरनेटको भरमा काम गर्नु परेको छ। ताररहीत इन्टरनेट सेवा प्रयोग गर्दा सफ्टवयरबाट गनुपर्ने कामहरुमा पटक पटक समस्या आउने गरेको कर्मचारीहरूको गुनासो छ। देश संघीयतामा गएसँगै स्थानीय तहहरूको पुनर्संरचना हुँदा तत्कालीन १० वटा गाँउ विकास समितिहरू मिलाएर भानु नगरपालिका बनाइएको हो। तनहुँका १० बटा स्थानीय तह मध्ये ४ वटा स्थानीय तहमा हाल सम्म पनि तारसहितको संचार सुविधा पुग्न सकेको छैन।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here