नयाँ बजेट कार्यान्वयनमा बेरुजु नहुने गरी काम गर्न विशिष्ट श्रेणीका अधिकृतहरुलाई प्रधानमन्त्रीको निर्देशन

140
प्रम महालेखा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेट कार्यान्वयनका क्रममा बेरुजू नहुने गरी काम गर्न नेपाल सरकार अन्तर्गतका विशिष्ट श्रेणीका अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

महालेखा परीक्षकको कार्यालयको कार्ययोजनाका विषयमा छलफल गर्न प्रधानमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।

लेखा परीक्षणमा खटिएका लेखापरीक्षकहरुलाई सहयोग गर्न आग्रह गर्दै महालेखा परीक्षकको कार्यालयले छलफल कार्यक्रम आयोजना गरेको हो । चालु आर्थिक वर्षको लेखा परीक्षण आजदेखि सुरु भएको जानकारी पनि कार्यक्रममा दिइयो ।

मुख्य लेखा उत्तरदायी अधिकृतका रुपमा रहेका विशिष्ट श्रेणीका कर्मचारीका लागि आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव, संसद सचिवालयका महासचिव र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारको पनि सहभागिता थियो ।

त्यसबखत प्रधानमन्त्रीले समयमै बेरुजु फर्छयौट गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको महालेखा परीक्षक टंकमणि शर्मा दंगालले जानकारी दिनुभयो ।आर्थिक अनुशासन कायम गर्नका लागि महालेखा परीक्षकको कार्यालयले कार्ययोजना ल्याएको र आगामी माघसम्ममा गत आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न हुने महालेखा परीक्षक दंगालले जानकारी दिनुभयो । उहाँले अनियमितता र भ्रष्टाचार भएको थाहा पाएमा आफ्नो कार्यालयमा सूचना दिन संचार माध्यमहरुलाई आह्वान पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here